स्वास्थ्यलाभपछि बेलायती प्रधानमन्त्री बोरिस बने भावुक, दिए धन्यवाद अहोरात्र खटिएका नर्सहरुलाई

बेलायत, १ बैशाख । कोरोना भाइरको संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाविरुद्धको लडाईमा जित हासिल गर्न सफल भएका छन् । अस्पतालबाट प्रधानमन्त्री बोरिस हिजो सरकारी निवासमा फर्किएका हुन् ।

प्रधानमन्त्री बोरिसलाई अस्पतालका नर्सहरुले उपचारमा महत्वपूर्ण भुमिका खेल्नुका साथै विशेष हेरचाह गरेको कारण कोरोनाबाट चाँडै मुक्त हुन सफल भएको बताइएको छ । आफुलाई अस्पतालका नर्स मेक्गी जेनी र पितम लुइसले ४८ घण्टा नै हेरचाह गरेका कारण निको हुन सफल भएको प्रधानमन्त्री बोरिसको भनाइ छ ।

उनको उपचार गरेको लन्डनको सेन्ट थोमस अस्पतालाई अपत्यारिलो उपचार गरेर आफूलाई बचाएकोमा भावुक हुँदै उनले धन्यबाद दिएका छन् । एक हप्तासम्म अस्पतालमा बसेका उनले मृत्युसंग जितेर नयाँ जीवन पाएको धारणा समेत राखेका छन् ।

प्रधानमन्त्री बोरिसले भने, नर्सहरुले नै मेरो जीवन बचाएका हुन्, जसरी भएपनि कुनै पनि प्रश्न गर्नु छैन , नर्स जेनी र लुइसले गर्दा नै अन्तिम सास फेर्न पुगेको मेरो जीवनले पर्याप्त अक्सिजन लिन सुरु गरेको छ, प्रत्येक सेकेन्डमा राति ती दुई नर्सहरुले मेरो उपचारमा ठूलो योगदान दिए, उनीहरुले मलाई चाहिने सबै उपचारहरु पूर्ण रुपले दिए । ’

प्रधानमन्त्री बोरिस हाल अस्पतालबाट फर्किएपछि प्रधामन्त्री सरकारी निवास टेन डाउन स्ट्रिमा रहेका छन् । उनी उक्त निवासमा एक हप्तासम्म रहने बताइएको छ । जेनीको भाई रोब म्याकजीले आफ्नो बहिनी र एनएचएस स्टाफ गत राति काममा फर्किएकोमा स्वागत गरेका छन् ।

उनले मेल अनलाइनलाई भनेका छन्, “उनी एकदमै नम्र छिन् त्यसैले उनी अहिले अर्को रातको सिफ्टमा काम गर्न फर्किसकेकी छन् । ” उनले “भने, उनी एनएचसमा काम गरेको मानिसहरु देखेर एकदमै खुसी भएकी बताएकी छन् । ” उनले आफ्नो काम गरेकी भन्दै जसरी सिकिन् त्यसरीनै अरुलाई सहयोग गरेकी म्याकजीले बताए ।

अर्की नर्स न्यूजिल्याण्डको इन्भरकारगिलकी हुन् । उनी आठ वर्षदेखि ब्रिटेनमा छिन् । उनले अष्ट्रेलियाको रोयल मेलबर्न अस्पतालमा गहन हेरचाहको तालिम पाए जहाँ उनले छ वर्ष काम गरेकी थिइन् । उनको अर्का भाइ माइकलले भने, “उनको पूरै कीवी परिवार खुसी छन् । ३५ वर्षको बोरिस असपतालबाट बाहिरिएकोमा ।” उनले एनजेड आउटलेट एक न्यूजलाई हामी सैब जेनप्रति धेरै गर्व गर्छौ र प्रधानमन्त्री बोरिसले पनि स्वीकार गर्नु थप राम्रो कुरा रहेको बताएका छन् । पोर्चुगलका लुइसको काका फायर फाइटर इभो पिटर्माले भने “म पक्कै धेरै गर्व गर्छु । मलाई थाहा थियो की उनी लण्डनको एक नर्स भनेर तर बोरिसलाई पनि हेर्छ भन्नेबारेमा भने म अचम्मित भएको छु ।”

प्रधानमन्त्री बोरिसले आफ्नो मंगेतर अर्थात प्रेमीका क्यारी साइमन्डसका लागि भिडियो सन्देश पोस्ट गरेका छन् । केही दिन अगडि बोरिसका मंगेत्तर क्यारीले उनलाई चाँडै निको हुनु भन्दै चिठी र गर्भमा रहेको बच्चाको स्क्यान पठाएकी थिइन् । बोरिसको स्वास्थ्य अवस्था ठीक रहेकोमा खुसी व्यक्त गरेकी थिइन् ।

त्यस्तै बोरिसले पनि म तिम्रो मायाको ऋण कहिले पनि तिर्न सक्दिन भन्दै जहिले पनि तिमीलाई सम्झिरहने भनेका छन् । “ गत हप्ता त्यहाँ त्यस्तो समय थियो जुन वास्तवमै एकदमै अध्याँरो थियो बोरिसले भने । सहयोग र समर्थन सन्देश पठाउने तिमी लगायत सम्पूर्णलाई धेरै धेरै धन्यबाद ।”

बोरिस पूर्ण रुपमा ठीक हुनका लागि हाल प्रधानमन्त्री निवासमा बसिरहेका छन् । हाल बेलायतमा १० हजार बढीले ज्यान गुमाइसकेका छन् भने ८४ हजार बढी संक्रमित छन् । उनले प्रधानमन्त्री निवासबाटै भनेका छन् ‘ घरमै बसौं, ज्यान जोगाऔं । ’ एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *