हेटौंडामा पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नदिइने

३० वैशाख, हेटौंडा । सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको छ ।मंगलबार हेटौंडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुबैलाई रोक लगाउने निर्णय गरेको हो ।

पछिल्ला केही दिनयता लकडाउन केही खुकुलोे पारिएको भए पनि नाकामा सुरक्षा नअपनाउँदा रोग भित्रन सक्ने भन्दै बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडाबाट आवत जावत पूर्ण रुपमा बन्द गर्ने भएको हो ।

रोगको संक्रमणको उच्च जोखिमको मूल्यांकन गर्दै लकडाउन कार्यान्वयनमा कडाइ गर्ने र दक्षिण नाकामा प्रहरी पोष्ट खडा गरी आउने सवारीलाई कडाई गर्ने भएको जिल्ला समन्वय सिमितिका सभापति रधुनाथ खुलालले जानकारी दिए ।

बैठकले भोलि बुधवारबाट दैनिक उपभोग्य सामान बिक्री बाहेक अन्य व्यवसाय खोल्न नदिने भएको छ । उपभोग्य सामान बिहान ९ बजे सम्ममात्र बिक्री गर्न दिने भएको छ भने मेडिकल, भेटेनरी तथा कृषि औषधि पसल सञ्चालनमा रोक नलगाउने भएको छ ।

बैठकले जेठ १ गतेबाट तरकारी तथा माछामासुको पसल सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।तरकारी उपयुक्त स्थान हेरी सहकारीको माध्यबाट बिक्री गर्ने र बैकिङ कारोबार दैनिक बिहान १० देखि ३ बजे सम्म गर्न दिने निर्णय भएको सभापति खुलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *