हेटौंडा छिर्ने नाकामा अटोमेटिक सेनिटाइज मेसिन जडान

हेटौैंडा : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बा्मती प्रदेश भित्रिने यात्रुहरुलाई हेटौंडा उपमहानगरले सेनेटाइज गरेर भित्राउने व्यवस्था गरेको छ। शुक्रबार हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाइजर मेसिनको बाग्मती प्रदेशका मुख्यमन्त्रीले डोरमणि पौडेलले सुरुवात गरेका छन्। मुख्यमन्त्री पौडेलले उक्त मेसिन प्रभावकारी हुने बताए।

रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्य सेनेटाइज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन्। प्रदेशका विभिन्न स्थानहरुमा उक्त मेसिन जडान गरिने उनले बताए।

एक पटकमा चारजनालाई सेनेटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी सेनेटाइज गरिने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले बताए। नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनमा २०० लिटर सेनोटाइजर अट्ने क्षमता रहेको र त्यसले दुई हजार जनालाई सेनेटाइज गर्न सकिने जनाइएको छ। एक लाख ६० हजार रुपैंयाँ लागतमा उक्त मेसिन निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *