१५७ जना नेकपामा भित्रिए, काग्रेस र राप्रपा रित्तिए

हेटौडा /हेटौडा उपमहानगरपालिका -१५ बस्ने राप्रपा कांग्रेस लगायत बिभिन्न पार्टी त्यागी १५७ जना नेकपामा प्रवेश गरेका छन्। नेकपा हेटौडा उपमहानगरपालिका अध्यक्ष रघु आचार्यको सभाध्यक्ष र नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलको प्रमुख आथित्यमा भएको प्रवेश कार्यक्रम हेटौडा उपमहानगर पालिका -५ स्थित नेकपाको आफ्नै पार्टी कार्यलयमा भएको थियो।

उनीहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल ,सचिब प्रेम बहादुर पुलामी र नेकपा उपमहानगरपालिका इन्चार्ज श्रीधर पोखरेल सहितको टोलीले अबिर र खादा लगाएर नवप्रवेशी लाइ स्वागत गरेका थिए। नव प्रवेशीहरुले सरकारको कामका साथै नेकपाको नीतिले प्रभावित भएको र यसले मात्र देश बिकास गर्न सक्छ भनेर आशा जगाएको बताएका थिए।

नेकपाका सचिब प्रेम बहादुर पुलामीले नेकपाले मात्र समृद्द नेपाल र सुखी नेपालीको सपना पुरा गर्ने बताए। नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले नेकपाले अझै नेपाली राजनीतिमा २० बर्ष राजनीति गर्ने बताइन। नेपाली कांग्रेसले २० बर्षसम्म गर्न नसकेको काम नेकपा सरकारले २ बर्षमा गरेको भन्दै कांग्रेसबाट कहिल्यै देशको हित र बिकास हुन् नसक्ने बताइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *