१७ लाख नेपाली कार्यरत खाडी र मलेसियामा ५ हजार ८ सय २२ जना काेराेना संक्रमित

काठमाडाैं, ३० वैशाख । कोरोनाभाइरसले विभिन्न व्यवसाय बन्द हुन पुग्दा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ । वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीहरूले रोजगारी गुमाएका छन् । अहिले ४० लाखभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा कार्यरत रहेको अनुमान गरिन्छ । तर यकिन तथ्यांक भने छैन ।

नेपाली श्रमिकका मुख्य रोजगार गन्तव्य भनेकाे खाडीका ६ देश र मलेसिया हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रारम्भिक आँकडामा अनुसार खाडीका देश र मलेसियामा १७ लाख नेपाली युवाहरु कार्यरत छन् । त्यहाँ अवैध रूपमा काम गर्ने नेपालीहरू पनि ठूलो संख्यामा रहेकाे बताइन्छ ।

खाडीका देश र मलेसियामा कोरोना भाइरस सङक्रमितको संख्या दिनहुँ बढिरहेको पाइन्छ । जसले गर्दा लाखौं नेपालीहरु जोखिमपूर्ण अवस्थामा छन् । कतिपय नेपालीहरूले राेजगारी गुमाइसकेका छन् । कतिपय नेपाली श्रमिकहरु काममा नै खटिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार खाडीका देश र मलेसियामा ५ हजार ८ सय २२ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् भने काेराेनका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *