२५ दिन अस्पताल बसेर एकै परिवारका ८ जनाले जिते कोरोना

अछाम : सुदूरपश्चिम प्रदेशको अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएको एक परिवारका ८ जना को;रोनालाई लडाई जितेर घर फर्केका छन् । लामो समय देखि मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–५ लुंग्राका चेतमान खड्काकोे परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।

२५ दिन अस्पतालको कष्ट झेलेर को;रोना भा’इरसलाई जितेर निको भइ घर फर्कन पाउदाँ खुशी लागेको उनीहरुले बताएका छन्।चेतमान खड्काले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कोरोनालाई पराजित गर्दै सम्पूर्ण परिवार एकसाथ घरमा भेटहुँदा निकै खुसी लागेको छ। मेरो सबै परिवारले हिम्मत र आत्मविश्वासका कारण को;रोनालाई जित्यौँ ।’ अस्पताल भर्ना हुँदा यसरी निको भएर भेट हुन्छ भन्ने लागेको थिएन ।’

उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामा सं’क्रमण देखिएको थियो । भारतमा रहेका अछामबासीमा ८ जना बाहेक अन्यलाई कोरोनाको सक्रमण नदेखिएको चौरपाटी गाउपालिका–६ दुनी घर भई हाल मुम्बईमा रहेका सुदूरपश्चिमेली समाजका सदस्य प्रेम खड्काले बताए। उनले भने ‘अहिले को;रोना भन्दा पनि भोकमरी चिन्ता छ धेरैलाई, यहाँ अछामका थुप्रै बिचल्ली छन् सकेजतिको सहयोग गरेका छाँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *