४५ वर्षीय बलबहादुर बस्नेत चार दिन देखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह

दिप देवकोटा- बाँके,२०७५-१२-२० कोहलपुर, बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने अशाड बस्नेत चार दिन देखि बेपत्ता छन् । कामको शिलशिलामा बझांग पुगेका उनि जिल्लाको देउरा बजारबाट १६ गते देखि बेपत्ता भएका हुन् ।

उनि संगै रहेका साथीलाई घर जान्छु भनेर हिडेका उनि आज सम्म पनि सम्पर्कमा नआउदा परिवार चिन्तित बनेका छन् । बस्नेतको साथमा २ ओटा झोला रहेको उनि संगै रहेका साथीले बताए ।

निकै चिन्तित बनेको बस्नेत परिवारले बस्नेतको खोजि गर्दिन प्रशासनलाई अपिल गरेको छ । साथै बस्नेतलाई देख्नुहुने माहानुभावहरुले ९८४८२८९४९५ र ९८०८३१७८४९ नम्बरमा सम्पर्क गर्न पनि बस्नेत परिवारले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *