५८ वर्षको उमेरमा गायिका विष्णु माझीकी आमाको निधन

स्याङजा: लोकदोहोरी गायिका विष्णु माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा नि’धन भएको छ ।स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको नि’धन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्च रक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार नि’धन भएको हो ।

विष्णु माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार नि’धन भएको लोक गायक खेम भण्डारीले जानकारी दिनुभयो ।उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन्। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनि नेपाली संगीत जगतमा बिगत १५ बर्ष देखि सक्रिय छिन ।

नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक काम प्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् । गायिका माझीले १ दशकदेखि लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेकी छिन् । उनको स्वरमा एक प्रकारको जादु नै भएकाले उनी यति लामो समयसम्म पनि राम्रो छविका साथ संगीत बजारमा टिकिरहेको संगीतकर्मीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *