६० जना नेपालीसहित ३ सय यात्रु बोकेर उड्यो कतार एअरलाइन्स

काठमाण्डौ – कतार एअरलाइन्सले नेपालबाट ३ सय ३ जना नागरिकको उद्धार गरेको छ ।नेपालमा रहेको फ्रान्सेली दूतावासले गरेको चार्टर्ड जहाज ६० जना नेपाली र २ सय ४३ जना विदेशी नागरिक बोकेर कतारको दोहाको लागि उडेको हो ।

कतार एअरलाइन्समार्फत दोहा पुगेका नागरिकले त्यहाँ ट्रान्जिट बनाएर अन्य देश जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र लकडाउनका कारण नागरिक अप्ठेरोमा परेको भन्दै विभिन्न देशले उद्धार गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *