६ हजार बढीको कोरोना परीक्षण हुदाँ सुदूरपश्चिममा पाँच जनाकाे रिपाेर्ट पाेजेटिभ

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा ६ हजार दुई सय बढीको कोरोना भाइरस परीक्षण गरिएको छ। पीसीआर प्रविधिबाट एक हजार ८ सय ९३ र र्‍यापिड टेस्टमार्फत चार हजार तीन सय ३३ जना गरी बिहीबारसम्म ६ हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको हो। टेस्ट गरिएका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका पाँच जनाको रिपोर्ट ‘पोजेटिभ’आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटी, जनाएको छ।

६ सय ४८ जनाको रिपोर्ट आउन बाँकी : हालसम्म सुदूरपश्चिमबाट ६ हजार ८ सय ७४ जनाको नमसना संकलन गरिएकोमा अझै ६ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ। बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप चार सय १६ जनाको नमुना परीक्षण गरिएको छ।

धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बिहीबार चार सय १६ जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ। यस्तै बिहीबार मात्रै सुदूरपश्चिमका ८ सय २४ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।

अहिलेसम्म कैलालीमा दुई हजार चार सय २९ जना, कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८१, दार्चुलामा एक सय ५१, डडेल्धुरामा ११, डोटीमा चार सय १४, बझाङमा चार सय ७३, अछाममा एक सय ४३ र बाजुरामा ६३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ।

आइसोलेसनबाट ८७ जनालाई डिस्चार्ज गरियाे : अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। अहिले प्रदेशका विभिन्न अस्पतालमा १२ जनालाई आइसोलेसमा राखिएको छ।

जस्मा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ७ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ। उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी छ। यस्तै प्रदेशमा डोटीबाहेक अन्य आठ जिल्लामा नौ सय ५९ जनालाई विभिन्न क्‍वारेन्टाइनमा राखिएको छ।

संक्रमितको संख्या पाँच : सुदूरपश्चिममा संक्रमितको संख्या पाँच छ। यो अन्य प्रदेशको तुलनामा बढी हो। दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजू, भारतबाट फर्किएका लम्कीकै एक पुरुष, भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुष र वीरगन्जबाट आएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

उनीहरू सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनीहरू अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *