७६ जना विद्यार्थी लिएर काठमाण्डौबाट उड्यो श्रीलङ्कन एअर

काठमाण्डौ – श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ। नेपालमा रहेका ७६ जना विद्यार्थी बोकेर श्रीलङ्कन एअरको जहाज कोलम्बो तर्फ लागेको जेनिथ ट्राभलका म्यानेजर दिपक मैनालीले जानकारी दिनु भयो। जेनिथ ट्राभल्स श्रीलङ्कन एअरको नेपालको लागि जनरल सेल्स एजेन्ट (जीएसए) हो ।

आफूहरुले नै यहाँको दूतावास र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ७६ जना विद्यार्थीलाई श्रीलङ्का पठाएको म्यानेजर मैनालीले बताउनुभयो। चीनको वुहान शहरबाट आफ्ना विद्यार्थी स्वदेश फिर्ता गरेको श्रीलङ्काले कोरोनाको महामारी फैलिएका अरु देशबाट पनि विद्यार्थी फिर्ता लगिरहेको छ ।

यसअघि श्रीलङ्काले मङ्गलबार पाकिस्तानको लाहोर र कराँचीबाट एक सय १३ जना विद्यार्थीलाई स्वदेश लगेको छ । बिहीबार भारतको अमृत सरबाट एक सय एक जना श्रीलङ्कन विद्यार्थी आफ्नो देश फर्केका छन् । शुक्रबार भारतको र कोयम्बटुर शहरबाट एक सय १७ जना र नेपालबाट ९३ जना श्रीलङ्कन विद्यार्थी स्वदेश लगिएको श्रीलङ्काले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *