‘७७ साल महाउथलपुथलकारी बर्ष हुनसक्छ’ -बाबुराम भट्टराई

काठमाडौं, १ बैशाख। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ साल महाउथलपुथलकारी वर्ष हुनसक्ने टिप्पणी गरेका छन्। समाजिक सञ्जाल फेसबुकमार्फत नयाँ बर्षको सुभकामना दिदै उनले यस्तो टिप्पणी गरेका हुन।

‘गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो,’ उनले लेखेको छन, ‘त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे।’

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्रायः उथलपुथलपूर्ण रहदै आएको उनको बुझाइ छ। यसपाली त झन दुइवटा सात भएकाले उनले महाउथलपुथलकारी बर्ष हुनसक्ने टिप्पणी गरेका हुन। ‘नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय उथलपुथलपूर्ण रहदै आएको छ! यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्! सबैको भलो होस्, हार्दिक शुभकामना’

यस्तो छ उनको सुभकामना सन्देशः

फेरि एक पटक एउटा बर्ष (वि सं २०७६) वितेर अर्को बर्ष (२०७७) शुरू भएको छ ! अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छस हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं१ यो तपाईंहाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो!

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं! तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो१ त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे!

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्रायस् उथलपुथलपूर्ण रहदै आएको छ१ यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्! सबैको भलो होस्! हार्दिक शुभकामना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *