८० करोड रुपैयाँ मूल्यका आइफोन बोकेको ट्रक रोकेर लुटपाट

एजेन्सी: लु’टेराहरुले एप्पल कम्पनीका आइफोन, आइप्याड र स्मार्ट वाचहरु बोकेर गइरहेको ट्रकलाई बाटोमा रोकेर ८० करोड रुपैयाँ बराबरका एप्पलका सामानहरु लु’टेका छन्। बेलायतको नर्थेम्पटनशायरमा लुटपाटको क्रममा लु’टेराहरुले ट्रक ड्राइभर र सु’रक्षा गार्डलाई बाँ’धेर छाडेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।

नर्थेम्पटनशायस पुलिसका अनुसार साउथबण्ड स्लिप रोडको वंक्सन १८ मा नोभेम्बर १० का दिन ग्रि’नविच समयअनुसार बेलुकी पौने ८ बजेदेखि ८ बजेको बीचमा भएको हो ।चो’री भएका सामानहरु आइफोन ११ एस, एयरपड र एप्पल वाचहरु थिए जसको मूल्य ५ मिलियन पाण्ड थियो । पुलिसले ती लु’टेराहरुले अवैध रुपमा ती सामानहरु बे’च्न चाहने अनुमान गर्दै यदि कसैले असामान्य अवस्थामा एप्पलका उत्पादनहरु अफर गरेको अवस्थामा पुलिसलाई खबर गर्न आम जनतालाई आग्रह गरेको छ ।

पुलिसका अनुसार लरी रो’केर ड्राइभर र सुरक्षागार्डलाई बाँधेपछि त्यो लरीलाई क्रिकस्थित एल्डोन क्लोज लगिएको थियो जहाँ पछाडिको सामान राख्ने ट्रेलरलाई लु’टेराहरुले अर्को ट्रकमा सारेर लिएर गएका थिए । अर्को ट्रक त्यहाँ पर्खेर बसिरहेको थियो । पुलिसका अनुसार लु’टेराहरुले ड्राइभर र सु’रक्षा गार्डलाई बाँ’धिएकै अवस्थामा छाडेर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *