८ जना पीएचडि होल्डर राखेर कांग्रेसले बनायो १४ सदस्यीय ‘अर्थतन्त्र विशेष समिति’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति गठन ‘ गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पुर्व अर्थमन्त्री डा. राम शरण महतको संयोजकत्वमामा १४ सदस्यीय समिति गठन गरेका हुन् ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री रहेका, संसदीय दलमा अर्थ संयोजक गरेका, तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेका मध्येबाट सम्सी गठन गरिएको कांग्रेसले जनाएको छ ।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *