काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वपक्षीय भूमिकासहितको सहमतीय बाताबरण बनाउन प्रस्ताव गरेका छन् । देश कोरोना महामारी र राजनीतिक अन्योलताले गम्भीर संकटतर्फ गइरहेको बेला पूर्वराजाको यस्तो प्रस्ताव गरेका हुन् ।
पूर्वराजा शाहले ट्वीट गर्दै कोरोना महामारीका कारण प्रवाभित अर्थतन्त्र र असीम वेरोजगारीको सकुशल व्यवस्थापन, वैदेशिक प्रभावले हाल देशमा सृजित राजनैतिक ध्रुविकरणको निराकरण र सर्वपक्षिय भूमिकासहितको सहमतीय वातावरण अब तयार गर्न नसके देशको भविष्य अन्यौलतातर्फ जाने निश्चित प्रायः भइसकेको तथ्यलाई नकार्न सकिन्न भनेका छन् ।
कोरोना महामारीका कारण प्रवाभित अर्थतन्त्र र असीम वेरोजगारीको सकुशल व्यवस्थापन, वैदेशिक प्रभावले हाल देशमा सृजित राजनैतिक ध्रुविकरणको निराकरण र सर्वपक्षिय भूमिका सहितको सहमतीय वातावरण अब तयार गर्न नसके देशको भविष्य अन्यौलता तर्फ जाने निश्चित प्रायः भैसकेको तथ्यलाई नकार्न सकिन्न ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 27, 2020