रूसमा पनि काेराेना भाइरस भयावह बन्दै, संक्रमितकाे संख्या ८७ हजार नाघ्याे

काठमाडौं, १६ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले रुसमा पनि भयावह बन्दै गएकाे पाइन्छ ।काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा पनि बढी रूसमा संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म रुसमा कोरोना संक्रमितको संख्या ८७ हजार १४७ पुगेको छ ।

चीनमा अहिलेसम्म संक्रमितकाे संख्या ८२ हजार ८ सय ३६ पुगेकाे छ । तीमध्ये ७७ हजार ५ सय ५५ जना पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले चीनमा ६ सय ४८ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

रुसमा पछिल्लो २४ घण्टामा ६ हजार १९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४७ जना मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ । अहिलेसम्म रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय ९४ पुगेको छ ।

त्यस्तै सङ्क्रमितमध्ये ७ हजार ३ सय ४६ जना निको भएर घर फर्किएका छन् । अहिले रूसमा ७९ हजार भन्दा बढीमा काेराेना सक्रिय रहेकाे छ ।
रूसमा सबैभन्दा बढी प्रभावित मस्कोमा भएकाे छ । मास्काेमा ४५ हजार भन्दा बढीमा काेराेना संक्रमण भएकाे बताइएकाे छ । पछिल्लाे २४ घण्टा मात्रै २ हजार भन्दा बढी नयाँ संक्रमित थपिएकाे बताइएकाे छ ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो।रूसको यतिबेलाको सबैभन्दा प्रमुख कार्य कोरोना सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताएका थिए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *