रौतहट । रौतहटमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय युवक भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । देवाही गोनाही १ का ३५ वर्षका पुरुष क्वारेन्टाइनमै छन्।