मनकारी घरबेटी : ‘हरेक बिहान सोध्छन् केही समस्या छ ?’

काठमाडौं । चावहिलको स्तुपा पूर्व पिपलबोट मुनी घर भएका केदार घिमिरे र शान्ता घिमिरे अहिले विहान–विहान कोठा भाडामा बस्नेको ढोकामा पुग्ने गरेका छन् । लकडाउनले आक्रान्त बनाइरहेका बेला आफ्नो घरमा भाडामा बस्नेलाई उनी हरुले दैनिक सोध्ने गरेका छन् । रामेछाप की रेश्मा दास उनकै घरमा बस्छन् । उनी सहकारीमा काम गर्छन् ।

एक छोराकी आमा उनलाई घरबेटीले केही समस्या छ भनेर सोध्दा खुसिले हर्षित हुँदै भन्छिन्, ‘घर बेटी त हाम्रो देउतै हुन् के’। यस्तै घरमा बस्ने अरुलाई पनि घरबेटीले सोधेको सुनाउ छन् । उनीहरु भन्छन्, ‘घरबेटी (शान्ता)ले हामीलाई सधै सोध्नु हुन्छ । के खानु भयो ? के छ ? पैसा छ कि छैन ? चामल न भए म बाट ल्याएर आए हुन्छ ।’

घरबेटीले नै अभिभावकत्व ग्रहण गरि दिँदा कोठ भाडामा बस्नेहरुले घर पनि भुल्न थालेका छन् । २३ वर्ष पहिला विवाह बन्धनमा बाँधिएका घिमिरे दम्पति पहिला आफै कोठा भाडामा बस्दै आएको अनुभव सुनाउ छन् । दोलखाको नाम्दु घर भएका उनिहरु १४ वर्ष पहिला काठमाडौं आएका थिए । ‘भाडामा बस्दा कस्तो हुन्छ मलाई राम्ररी थाहा छ’, आफ्ना पुराना अनुभव सुनाउँदै शान्ता घिमिरेले भनिन्, ‘मेरो घरमा बस्नेलाई पनि तेस्तै त होला सोच्छु ।

माया लाग्छ।’ दुई छोरी र एक छोराकी आमा उनी बच्चाबच्चिकोले गर्ने मागहरुको बारेमा सम्झिन्छन् । ‘जब आफूसँग अफ्ठेरो परिस्थिति हुन्छ तव बच्चाबच्चिले पनि यो चाहियो, उ चाहियो भन्छ। अहिले लकडाउनले सबैलाई समस्या पारेको छ । हामी त यही घर भएका हौं केही न केही गरी खान सकिहाल्छ । उहाँहरु (कोठा भाडामा बस्ने)ले कसरी चलाउनु हुन्छ होला जस्तो लाग्छ।’

जेठि छोरी अष्ट्रेलिया पठाएका केदार घिमिरे आफूलाई पनि समस्या रहेको बताउछन्, ‘भरखरै छोरी पठाएँ, छोरी पठाएको १०/१५ दिनमै लकडान सुरु भयो उता छोरीको टेन्सन, यता व्यवहारको, तै पनि हामीले कोशिस गरिरहेका छौं उहाँहरुलाई सहयोग गर्न।’ ‘अहिले त छोराछोरी ठुला भए, आफ्नै घर छ । यिनीहरु(छोराछोरी) साना थिए । गाउँबाट भरखर आएका हामी भाडामा बस्न थाल्यौं ।

त्यतिबेलाको समय अहिलेको जस्तो थिएन तै पनि संघर्ष गर्न प¥यो। हामी पनि कोठामा बस्नेको समस्या बुझ्छौ। सकेसम्म केही कुराको पनि अफ्ठेरो नहोस भन्ने हामी चाहान्छौं’। केदार बोल्दै थिए। ‘हामीलाई चाहिने भनेको आफु बसेको कोठा, हिड्ने ठाउँ, ‘ट्वाइ लेट/वाथरुम’ सफा गर्नुस भन्ने हो।’ उनले हाँस्दै सुनाए, ‘कहिले कतै त त्यो कुराको लागि पनि उहाँहरु हामीसँग रिसाउनु हुन्छ’।

‘म त गएर सफा गर्नु पर्छ भन्छु’, श्रीमानको कुरा का’ट्दै शान्ताले भनिन्, ‘उहाँ(श्रीमान) अलि मिजासिलो हुनु हुन्छ, टेर्दैनन् के, म त कराउछु गएर कहिले कतै डराउछन् पनि। तर, हामी उस्तै हो की उहाँहरु (कोठामा बस्ने) उस्तै हो। अरु घरहरुको भन्दा हाम्रो घरमा बस्नेहरु राम्रै छन् सबैजना’। काठमाडौंमा घर भएकाहरु साह्रै नीरस हुन्छन् भन्ने सुनिरहेका बेला घिमिरे दाम्पतिको कुरा र कोठमा भाडामा बस्नेलाई गरेको अभिभावकीय व्यवहारमा मोहित नहुने सायदै होलान् ।

भाडा लिने गरे पनि घरबेटीको व्यवहारले भाडानै लिए जस्तौ नलागेको कोठमा बस्नेहरु सुनाउछन् । को;रोनाका कारण भएको महामारीका बेला नेपालमा भएको लक डाउनका कारण कतिपय हिडेर घर जानु परिरहेको छ । कतै डाक्टरलाई नै घरबाट निकालिएको समाचार त कतै घरबेटीले कोठा भाडाका लागि निकालेर सिडीमुनी बास जस्ता समाचारहरु सञ्चार माध्यायममा आईरहदा शान्ता र केदारले देखाएको सदभाव सह्रानीय छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *