लकडाउनकै बीच कैलालीमा विराेध र्‍याली

मुलुक लकडाउनमा रहेका बेला आइतबार कैलालीमा भने एकाएक र्‍यालीकाे दृष्य देखियो।कैलालीको मसुरीया बजारमा स्थानीयले गरेकाे विरोध र्‍याली लकडाउनकाविरुद्ध होइन।यसअघि मृत भेटिएका निजी विद्यालयको संगठन (एनप्याव्सन)का केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै उनीहरुले सो घटनाको छानविन गर्न माग गर्दै र्‍याली गरेका हुन्।र्‍याली गर्ने क्रममा उनीहरुले भौतिक दुरी भने कायम गर्ने प्रयास गरेको देखिन्थ्यो।

भुसालको हत्या गरिएको भन्दै घटनाबारे निश्पक्ष छानविन गर्न स्थानीयले माग गरेका छन्।वैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० मा उनी मृत अवस्थामा भेटिएका थिए। गौरीगंगा नगरपालिका ९ मा बस्ने उपाध्यक्ष भुसालको हत्या गरिएको भन्दै परेकाे किटानी जाहेरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले घटनाबारे अनुसन्धान भइरहेकाे बताए। उनले भने ‘अनुसन्धान भइरहेको छ, अहिलेसम्म ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं।”

बस्नेतले धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट पोष्टमार्टम रिपोर्ट आइसकेको बताए। काठमाडौंबाट रिपोर्ट आउन बाँकी रहको उनको भनाई छ।
उनको हत्या हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारेमा अझै खुल्न नसकेको बस्नेतले बताए।स्थानीयले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *