‘चैत महिनाको उत्कृष्ठ प्रहरीमा निरीक्षक चौलागाई

२०७६ चैत महिनाको उत्कृष्ट प्रहरीका रुपमा इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धिराम चौलागाई पुरस्कृत भएका छन ।जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रत्येक महिना उत्कृष्ट एक प्रहरीलाई पुरस्कृत गर्दै आएको छ । यहि क्रममा निरीक्षक चौलागाई पुरस्कृत भएका हुन ।

चौलागाईले अवैध हातहतियार बरामद, लागु औषध नियन्त्रण, जवरजस्तीकरणी, ठगी, जस्ता घटनालाई आफै फिल्डमा खटेर अपराधीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सफल भएर उक्त सम्मान पाएका हुन ।

“आफ्नाे कार्य क्षेत्रमा सरोकारवाला सँग समन्वय गरेर विभीन्न ८ स्थानमा ३१ वेडको क्वारेन्टाईन बनाउन र ११ स्थानमा सिसि–टिभी समेत जडान गरि जनताका जिउधनको सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गरे वापत उक्त सम्मान पाएका हुन।”

साथै आफु मात्तहतका प्रहरीलाई सहि ढँगकाट परिचालन गरि कुशलता पुर्वक नेतृत्व निर्वाह गरेर प्रशंसनिय कार्य गरे वापत उक्त सम्मान प्रदान गरिएको उल्लेख गरिएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *