१० जनामा खेलाडीमा कोरोना देखियो

काठमाडौं । जर्मनीका दुई शीर्ष लिगका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जर्मन फुटबल लिगले जनाएको छ । जर्मनीका शीर्ष दुई फुटबल लिगका खेल शुरु गर्ने तयारी भइरहेको बेला शीर्ष लिगका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

क्लबले समूहमा प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण पूर्व परीक्षण भएको हो । टिम प्रशिक्षणको योजनाका लागि परीक्षण गरिएको हो । संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखिएको डिएफएलले जनाएको छ । गएको साता तीनजनामा कोभिड–१९ देखिएको बुण्डेस लिगा क्लब कोलोग्नका अरु व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

संक्रमित तीनै जनामा लक्षण नरहेको तर १४ दिनको क्वारेन्टाइनमा राखिएको क्लबले जनाएको छ । लिगका खेलहरु मे ९ देखि शुरु गर्ने तयारी थियो, तर सरकारी निर्णय अनुसार अब मे १६ देखि २३ को बिचमा खेल शुरु हुने छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *