लकडाउनको सल्लाह दिने नील आफैँले नियम उल्लंघन गरेपछि दिए राजीनामा

बेलायत सरकारका कोरोना भाइरससम्बन्धी सल्लाहकार प्रोफेसर नील फर्ग्युसनले राजीनामा दिएका छन् । लण्डनको इम्पेरियल कलेजमा विज्ञहरुको टोलीको नेतृत्वकर्तासमेत रहेका उनको सल्लाहपछि नै बेलायतमा लकडाउन गरिएको थियो ।

लकडाउन नगरिएको खण्डमा साढे दुई लाखभन्दा बढीले ज्यान गुमाउन सक्ने उनको सुझावपछि नै प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन लागु गरेका थिए । लकडाउनको सुझाव दिने महामारीविद् फर्ग्युसनबाटै लकडाउन उल्लंघन भएपछि उनले राजीनामा दिएका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘न्यायिक त्रुटिका कारण सरकारको आपतकालिन सल्लाहाकारको पदबाट राजीनामा दिएको’ उल्लेख गरेका छन् । लकडाउनको समयमा प्रोफेसर फग्र्युसनको घरमा उनकी ‘म्यारिड गर्लफेन्ड्र’ भनिएकी महिला आएको समाचार ‘डेली टेलिग्राफ’ले प्रकाशित गरेको थियो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *