जेठ १८ गतेसम्म हवाई उडान र सीमा नाका बन्द

काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमन पनि जेठ १८ गते (३१ मे)सम्म बन्द गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

यसअघि कोरोना भाइरसको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेको थियो ।यसैबीच भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरिएको जानकारी गराइएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *