नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भया वह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भया वह रुप लिन सक्ने भन्दै उनले सबैलाई स जग हुन पनि आह्वान गरेका छन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भया वह भइसकेको त छैन । तर, भया वह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भया वह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रा सदीको स्थितिमा पुर्‍याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्या न गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *