रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’

आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए भनेर सोधेको प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यसका लागि उनी मज्जाले ट्रोल भएकी थिइन् र यो सिलसिला अहिलेसम्म जारी छ ।

ट्रोलिङबारे बोलिन् सोनाक्षीः

आर्ट अफ लिभिङका फाउन्डर श्री श्री रवि शंकरसँग एक अनलाइन सेशनमा सोनाक्षीले ट्रोलिङबारे कुरा गरेकी छिन् । उनले भनिन्, ‘मैले प्रतियोगी रुमा देवीसँग कार्यक्रममा भाग लिएकी थिएा । हामीलाई संजीवनी बुटीको विषयमा प्रश्न सोधिएको थियो जुन सुनेर हामी केही बेरका लागि ब्ल्याक भएका थियौं।’

‘इमान्दारिताका साथ भन्ने हो भने यो लाजलाग्दो विषय नै हो किनभने हामी रामायण हेरेर र सुनेरै हुर्किएका हौं । तर यस्तो भएको निकै अघि हो । हाम्रो जीवनमा यस्ता थुप्रै पल आउँछन् जब हामी ब्ल्याङ्क हुन्छौं । त्यो कार्यक्रम भएको ५ देखि ६ महिना बितिसकेको छ र मेरो एउटा गल्तीमा अहिलेसम्म यतिसम्मको ट्रोल सहनु पर्दा निकै दुःख लाग्छ ।’लकडाउनका बेला रामायण पुनः प्रसारण हुँदा पनि सोनाक्षी ट्रोल भइरहनु परेको हो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *