कपिलवस्तुका दुई संक्रमित एकै घरका दाजुभाई

कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिका– २ अभिरावमा भेटिएका दुई संक्रमित एकै घरका दाजुभाई भएको खुलेको छ ।नेपाल र भारत दुवै लकडाउनमा रहदा गत बैशाख २३ गते राति १० बजे उनीहरु नेपाल प्रवेश गरेका थिए । उनीहरु ७ जनाको समूहमा नेपाल प्रवेश गरेको समेत खुलेको छ ।

५ जनाको समूह अभिरावमा रहेका घरमा पुगे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ५ जनाको समूहलाई १ घन्टा भित्रै स्थानीय र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाईएको थियो ।

तर, उनीहरुसंगै नेपाल प्रवेश गरेका बाँकी दुई जना को हुन अझै पत्ता लाग्न सकेको छैन । उनीहरु दुबैको खोजी कार्य तीब्र पारिएको कपिलवस्तु प्रशासनले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएका ५ मध्ये २ दाजुभाईमा कारोना भाइरस पोजिटिभ पाइएपछि आजदेखि परीक्षण कार्यलाई थप तीब्रता दिइने भएको छ ।संक्रमित दुई दाजुभाई १६ र २२ वर्षका युवा हुन । संक्रमित दुबै जनासहित ७ जनाको समूह चाकरचौडादेखि नरकुलको बीचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत राति १० बजेतिर नेपाल छिरेका थिए ।

गत मंगलवार नै मायादेवी गाउँपालिकाको–१ स्थित छत्रपाली तीर्थादेवी उमाविमा रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित ६५ जनाको स्वाब संलकन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

त्यस मध्येका १२ जनाका मात्र रिपार्ट आएको छ । त्यसैमा २ संक्रमित देखिएका हुन । बाँकी ५३ जनाको रिपोर्ट आउन बाँकी छ । त्यहाँ रहेको सबै जना भारतका बिभिन्न शहरबाट फर्केकाहरु हुन् ।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले चोरबाटो हुँदै अभिराव पुगेका ५ जना घर र अन्य मानिससंग सम्पर्कमा आउन नपाएको प्रारम्भिक सोधपुछमा पाईएको बताउनुभयो ।

घर फर्केको एक दुई घन्टा भित्रै क्वारेन्टाइनमा पुर्याईएको पनि उहाँको भनाइ छ । सो समूहमा आएका ७ जना मध्ये २ जना को हुन भन्ने बारे अझै पत्ता लागेको छैन ।

उनीहरुको समेत खोजीभइ्र्ररहेको जबराले बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले दुबै संक्रमितलाई शुक्रवार बिहान बुटबल स्थित कोरोना बिशेष अस्पतालमा एम्बुलेन्समा पाठईएको जानकार दिनुभयो ।

छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना रहेका छन् । क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो ।

मायादेवीमा कोरोना संक्रमित भेटिए पछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले त्यहाँ स्वास्थ्यकर्मीको बिशेष टोली पठाउने तयारी गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेले जानकारी दिनुभयो ।

सो टोलीको सुझाव अनुसार आवश्यक कदम चालिने उहाँको भनाइ छ । भेटिएका संक्रमित सीमावर्ती पालिका रहेकोले अब सीमावर्ती पालिकामा बिशेष निगरानी बढाइने पनि उहाँले बताउनुभयो ।

मायादेवी, शुद्धोदन, बिजयनगर गाउँपालिका र कृष्णनगर र महाराजगञ्ज नगरपालिकामा बिशेष निगरानी बढाइने प्रजिअ पौडेलले बताउनुभयो । लकडाउनलाई थप कडा बनाउदै राति सीमाक्षेत्रमा निगरानी बढाईने उहाँको भनाइ छ ।

तर अहिलेसम्म गरिएको सीमाको कडाइलाई लिएर भने कपिलवस्तुमा चर्को आक्रोश पैदा भएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको फितलो व्यवस्थापनका कारण नै कपिलवस्तुमा संक्रमित व्यक्तिहरुले प्रवेश पाएको समेत उनीहरुको आरोप छ ।यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जना र बाँकेमा २२ गरी प्रदेश नम्बर ५ मा २५ जना संक्रमित भेटिएका छन ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *