परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर ‘कूटनीतिक नोट’ दिएको छ ।नेपाली भू-भाग लिपुलेक हुँदै भारतले बनाएको बाटो उद्घाटन गरेपछि नेपाल-भारतबीच विवाद बढेको छ । सोही विवादको सन्दर्भमा क्वात्रालाई बोलाएर नेपालको तर्फबाट कूटनीतिक नोट दिइएको परराष्ट्रमन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
क्वात्रा सोमवार बिहान करीब ११ बजे सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । मन्त्रालयमा मन्त्री प्रदीप ज्ञवालीसहित सचिव शंकर वैरागीसमेत उपस्थित थिए ।
भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने बाटो उद्घाटन गरेपछि लिपुलेकमा नेपाल-भारतबीच नयाँ ढंगले विवाद सिर्जना भएको हो । यसअघि परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको हस्तक्षेपकारी कदमको विरोध जनाएको थियो ।
Foreign Minister Hon. @PradeepgyawaliK conveyed Government of Nepal's position on boundary issues to Ambassador of India to Nepal H.E. Mr. Vinay Mohan Kwatra at a meeting held at MoFA today and handed over a diplomatic note in this regard.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 11, 2020