भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा कृष्ण पहाडीलगायत प्रहरी नियन्त्रणमा

काठमाडौं, ३० बैशाख । छिमेकी राष्ट्र भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी तीब्बतको मानसरोबर जाने सडकको ट्र्याक खोलेर उद्घाटन गरेपछि विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार विहान काठडमाडौंको लैनचोरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने क्रममा कृष्ण पहाडीलगायतका अधिकारर्कीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुले ‘अतिक्रमण बन्द गर’, ‘लिपुलेक सडक निर्माण तत्काल रोक’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी तीब्बतको मानसोवर जाने सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ, भने केही दिन अगाडिदेखि विभिन्न ‘गो ब्याक इन्डिया’ नाराका साथ विरोध प्रदर्शनहरु भइरहेका छन् ।हिजो मात्रै पनि केही अभियन्ताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर र फुटबल बनाइ खेलेर विरोध प्रदर्शन गरेका थिए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *