सबै सवारी पासहरु रद्द, एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने

काठमाडौं, ३० बैशाख । एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पासहरु गृह मन्त्रालयले रद्द गरेको छ । नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेसँगै गृह मन्त्रालयले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो ।

मंगलबार मात्रै थप ७४ जनामा कोरोना पुष्टि भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा आवत/जावत गर्न थप कडाइ गरिएको हो । गृह मन्त्रालयको यस निर्णयलाई विहीबारदेखि लागू हुने जानकारी गराइएको छ । पत्रकारहरुको हकमा भने सूचना विभागको परिचय-पत्रको आधारमा आवत/जावत गर्न दिइने गृह मन्त्रालयले जानकारी गराएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *