सर्लाहीका कोरोना संक्रमित मानसिक सन्तुलन गुमाएका व्यक्ति

३१ वैशाख, जनकपुरधाम । पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

४५ वर्षीय ती पुरुषको एक दशकयता मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनलाइनखबरलाई जानकारी दिए । उनले ती व्यक्ति घर परिवारबाट अलग भएर बाहिर हिँडिरहने व्यक्ति भएको र घर आउँदा पनि छुट्टै घरमा एक्लै बस्ने गरेको पाइएको बताए । ‘उनी बाहिर हिँडिरहने र मागिरहने मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्,’ जिसीले भने ।

जनकपुरधाम पुग्दा उनलाई त्यहीँ क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्दा पोजेटिभ पाइएको उनले बताए । उनलाई अहिले पनि जनकपुरधाममै राखिएको र त्यहीँ आइसोलेसनमा लग्ने तयारी भइरहेको बताए ।

सर्लाहीमा यसअघि एक जना १४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखापरेको थियो । संक्रमित भएका ती बालकको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *