सीमा अतिक्रमणको विरोधमा नेविसंघको राँके जुलुस

नेपाल विद्यार्थी संघ लमजुङले राँके जुलुस निकालेको छ । भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको विरोधमा राँके जुलुस निकालेकाे हाे । नेविसंघले सदरमुकाम बेसीशहरमा बुधबार साँझ अतिक्रमण विरुद्ध विरोध प्रर्दशन गरेको हो ।

भिमसेनथानबाट सुरू भएकाे राँके जुलुस शेरा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेविसंघ लमजुङका उपसभापति दिपक अधिकारीले अतिक्रमित नेपाली भूमि फिर्ता गर्न सरकारले कुटनीतिक पहल नगरेको र आफ्नो भूमि मिचिदा समेत सरकार उदासिन बनेको आरोप लगाए । उनले भने, ‘सरकारले छिटोभन्दा छिटो कुटनीतिक पहल गरी अतिक्रमित भूमि फिर्ता गर्नुपर्छ ।’

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *