रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना सङ्क्रमण

खस्यौली, रासस । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा को;रोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो ।

भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साता अघि लुकि छिपी नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको प’रीक्षण गर्दा को;रोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो ।

रुपन्देहीमा बुधबार थप १२ जनामा को;रोना सङ्क्रमण भएको थियो। थपिका १२ सहित जिल्लामा को;रोना सङ्क्र’मित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवा स्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँ पालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा को;रोना सङ्क्रमण भएको थियो ।

भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनु भयो । भारतीय प्रतिमाननिमा क्वारेन्टाइनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका नागरिक हुनु हुन्छ । उहाँ केही दिन पहिला नवलपरासीमा पूजा गर्न आएको पण्डित भएको बताइएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *