लगातारकाे वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ३६ वटा ढोका (फाटक) खोलिएको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार २ लाख ६० हजार क्यूेक पानीको बहाब मापन गरिएको छ। याे बहाब वर्षकै सबैभन्दा उच्च हाे ।
पहाडमा लगातरा वर्षा भइरहेपछि कोशीमा पानीको बहाव बढेको स्थानीय प्रशासनले जनाएकाे छ। सप्तकाेसीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। ध
सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए।