कंचनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारत सिमाबाट भारतीय युरिया मल बरामद

केशब भट्ट, कञ्चनपुर, ०४ साउन । कञ्चनपुरको बेलौरीका बिभिन्न स्थानबाट सशस्त्र प्रहरीको टोलीले हार्डवेयरका सामान तथा भारतीय युरिया मल बरामद गरेको छ । भारतीय क्षेत्रबाट भन्सार छली गरी अबैध बाटो हुँदै नेपाल ल्याई दशगजा क्षेत्रका उखुबारीमा लुकाइ राखेको अवस्थामा ती सामान र युरिया मल बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताउनु भएको छ ।

शनिबार ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ खैरानी नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. २० हजार ९ सय २० मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको छ ।

त्यस्तै, शनिबार ३ बजेतिर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु राना नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. १८ हजार मुल्य बराबरको १८ बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

शनिबार नै ०६ः३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार प्रदीप कुमार कार्की नेतृत्वको ५ जनाको पैदल गस्ती टोलीले बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाट नजिकै दशगजा बोर्डर इलाकाको उखुबारीमा लुकाई बेवारिसे अवस्थामा रहेको अन्दाजी रु. ३० हजार मुल्य बराबरको ३० बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

बरामद गरिएका सबै सामान तथा युरिया मल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट त्रिनगर भन्सार कार्यालयमा पठाइएको थियो । रु. ६८ हजार ९ सय २० मुल्य बराबरको जम्मा भन्सार दाखिला गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले जानकारी दिनुभयो । व्यावसायिक प्रयोजनका लागि भन्सार छली गरी अबैध बाटोबाट सामान्य भित्रिरहेको जनगुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ सेक्टर मातहतका बोर्डर आउट पोष्टहरुले सीमामा थप निगरानी बढाएको उहाँको दाबी छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *