९० वर्ष पुग्नै लाग्दा अस्ताए पुराना कम्युनिष्ट नेता वर्मन

रोल्पा : रोल्पाका पुराना कम्युनिष्ट नेता वर्मन बुढा मगरको निधन भएको छ। बुधबार बिहान ४ः३० मा ललितपुरको पाटन अस्पतालमा उपचारकाक्रमम मगरको मृत्यु भएको उर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिव जीवन रोकाले जानकारी दिएका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–२ का बुढा मगर साउन ११* गते ९० वर्ष पूरा गरी ९१ वर्षमा लाग्ने उनकै गाउँलेसमेत रहेका रोकाले जानकारी दिए।
२०१३ सालमा किसान संगठनमार्फत कम्युनिष्ट पार्टीमा संगठित भएका कम्युनिष्ट नेता बुढा रोल्पामा कम्युनिष्ट पार्टीका संस्थापक समते हुन् । बुढा २०४८ सालको आम निर्वाचनमा जनमोर्चाकातर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

रोल्पाको थवाङ सधैं कम्युनिष्टमय हुनुमा वर्मन बुढाकै देन रहेको छ । उनी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेका जनयुद्धमा पार्टीको केन्द्रीय सल्लाककारको जिम्मेबारीमा रहेर भूमिका खेलेका थिए । पञ्चायतविरुद्धको संघर्षका क्रममा उनी जेलसमेत परेका थिए। सो समय नेता बुढा मोहनविक्रम सिंहको नेतृत्वको रहेको पार्टीमा रही सक्रीय थिए। बुधबार १० बजे पशपति आर्यघाटमा बुढाको दाहसंस्कारको तयारी भइरहेको मन्त्री पुनका स्वकीय सचिव रोकाले जानकारी दिए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *