काङ्ग्रेसले जनताको अपेक्षा पुरा नगरेको भन्दै २५ जना कांग्रेसबाट नेकपा प्रवेश

अछाम, । अछाममा कांग्रेसका सांसद र कांग्रेसबाटै निर्वाचित नगर उपप्रमुखको वडाबाट कांग्रेस जिल्ला समितिका आमन्त्रित सदस्य सहित २५ जना नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका नेपाली कांग्रेसबाट २०४८ र २०५६ मा निर्वाचित र हाल समानुपातिक सांसद राम बहादुर बिष्ट र कांग्रेस महासमिति सदस्य समेत रहनु भएकी नगर उपप्रमुख अम्बिका चलाउनेको वडाबाट नेपाली कांग्रेस परित्याग गरेर २५ जना नेकपा प्रवेश गरेका हुन् । एक कार्यक्रमका वीच २५ जना काङ्ग्रेसका सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस अछामका आमन्त्रित जिल्ला कार्यसमिति सदस्य दिपक बोगटी सहित २५ जना क्रियाशिल सदस्यहरु नेकपामा प्रवेश गरेका नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपानेले बताए ।नेकपाका नगर इन्चार्ज राम बहादुर विकले नव प्रवेशीलाई टीका र खादा ओढाइ स्वागत गरेका थिए । नगर इन्चार्ज राम बिकले नेपाली काङ्ग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने ठोकुवा गरे ।

कांग्रेसकै नेताहरुले खानेपानी, विद्युत कुलो लगायत विकासका संरचनाहरु भत्काएर जनतालाई प्रत्यक्ष असर पुगेकोले अब नेकपाको बिकल्प नभएको उनले बताएका छन् ।नगरपालिका सरकारको नेतृत्व समेत गरिरहेको कांग्रेसले जनताको सेवा गर्न सकेन, विकास निर्माण भन्दा पनि व्यक्तिमुखी भएकोले अब नगरबासीलाई सचेत रहन आग्रह गरेका छन् ।नेकपा जिल्ला सचिवालय सदस्य भिम बिष्ट, सचिवालय सदस्य योगेन्द्र बिष्ट, नगर कमिटी अध्यक्ष नितेश रिमालले नव प्रबेशीहरुलाई शुभकामना एंवम् स्वागत गरेका थिए ।

नव प्रवेशीहरूले कांग्रेसबाट देश र जनताका पक्षमा कहिल्यै काम हुन नसक्ने निष्कर्ष सहित आफूहरूले कांग्रेस परित्याग गरेको बताएका छन् ।कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेहरूमा नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि कर्ण बिष्ट, काङ्ग्रेस जिल्ला कार्यसमिती सदस्य बोगटी सहित २५ जना रहेको नेकपा नगर अध्यक्ष नितेश कुमार रिमालले बताएका छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *