मुग्लिनको पहिरो हटाउन अझै २ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकको ५ किलो क्षेत्रमा खसेको पहिरो हटाउने काम जारी छ । विहान करिब ८ बजे खसेको पहिरो केही हटाएपछि एकतर्फि सञ्चालनमा आएको सडकखण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले छिटो पहिरो हटाउन एकतर्फिसमेत सडक सञ्चालन नगरिएको जानकारी दिनुभयो । विहान १०ः४५ तिर एकतर्फि सञ्चालनमा आएको सडक पुनः १२ बजेपछि रोकिएको छ ।

उहाँका अनुसार विहान ८ बजेदेखि रोकिएका सवारीसाधन १२ बजे अगावै पार भएपछि पुनः पहिरो हटाउने काम भैरहेको छ । पहिरो हटाउन २ डोजर खटाइएको छ । १२ बजे सो क्षेत्रमा आएका सवारी भने रोकिएका छन् । भट्टका अनुसार करिब २ घण्टामा सडकखण्ड दुइतर्फिनै सञ्चालनमा आउन सक्नेछ । यो सडक बेलाबखत पहिरोका कारण अवरुद्ध हुने गरेको थियो । यही सडकहुदै काठ्माण्डौ, पोखरा जाने तथा नारायणगढ आउने मुख्य बाटो हो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *