पछिल्लो २४ घण्टामा देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।

१४ हजार ९२५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार ६३४ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १९१ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। यो ७१ प्रतिशत हो। यस्तै आइसीयूमा १७० जनाको उपचार भइरहेको छ भने २५ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३२२ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ५ जनाको मृत्यु भएको छ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *