उत्तर कोरियाको सिमानामा कडाइ : चीनबाट छि’र्नेलाई गो,ली हान्‍न आदेश

सोल : एक पछि अर्को वि’पद झेल्न बाध्य भएको उत्तर कोरियाले को’रोना भाइरस सं’क्रमण ‘रोकथामका लागि भने थप कडाइ गरेको छ । चीनसँगको सीमा क्षेत्रमा उत्तरले थप क’डाइ गरेको हो । दक्षिण कोरिया स्थित अमेरिकी सै’न्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्नखोज्ने मानिसहरुलाई नसोधिकन गो,ली हान्‍ने सम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ ।

यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गोली हान्न पाउनेछन् । चीनबाट को’रोना संक्रमित सीमाभित्र छिर्नसक्ने भएकाले उत्तरका अधिकारीहरुले यस्तो कडाइ अपनाएका हुन्। सबैभन्दा नजिकको सहयोगी चीन नै भए पनि उत्तरले को’रोना भाइरस वि’रुद्ध कडा नीति लिएको छ । यद्यपि उत्तरमा हालसम्म पनि को’रोना संक्रमित नभएको दावी गरिएको छ ।

सं’कटकाल घोषणा गर्नुका साथै उत्तरले महामारी वि’रुद्ध उच्च सतर्कता अपनाएको बताइन्छ । यससँगै उत्तरमा आयातको स’मस्या देखिन थालेको छ। चीनबाट मात्रै ढुवानी गर्दै आएको उत्तरले सिमानामा क’डाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिँ दैछ । सोही कारण चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ । उत्तरमा एक साताअघि आँधीको असरले ठूलो जनधनको क्षति भयो । हजाराौँ घर भ’त्किनुका साथै धेरै मानिस वि’स्थापित हुनुपरेको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *