सीमारेखा नाघेर चीनतर्फ पुगेका ५ भारतीय नागरिक मुक्त

एजेन्सी, २८ भदाै । भारत-चीनबीच सीमा विवाद बढिरहेका वेला चीनले कब्जामा लिएका ५ भारतीय नागरिक मुक्त भएका छन् । हिमाली क्षेत्रमा सीमारेखा नाघेर चीनतर्फ पुगेपछि उनीहरूलाइ चीनले कब्जामा लिएको ठानिएकाे थियाे ।

भारतको रक्षा मन्त्रालयले चीनसँगको सीमावर्ती राज्य अरुणाचलका ती युवाहरू यसै महिनाको सुरुदेखि बेपत्ता थिए र हालै मुक्त भएर सम्पर्कमा अाएकाे जनाएकाे छ । तर उनीहरू मुक्त भएको विषयबारे चीनले कुनै पुष्टि गरेको छैन ।

शनिबार एउटा विज्ञप्ति जारी गर्दै भारतीय सेनाका एक प्रवक्ताले अरुणाचल प्रदेशका पाँच युवकहरू ‘सिकार गर्दै गर्दा थाहै नपाईकन सीमापारि पुगेको’ जनाएका थिए । उनीहरू झुक्किएर चिनियाँ भूमिमा प्रवेश गरेको भारतले जनाए पनि चीनले यसबारे केही बताएकाे छैन ।

चीनको कुनै औपचारिक भनाइ नआए पनि त्यहाँको सरकारी मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले एक गोप्य सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त समूह ‘सिकारीको भेषमा रहेका जासुसहरू’भएको दाबी गरेको बिबिसीले लेखेकाे छ । घटनाकाे थप विवरण केही खुलाइएकाे छैन ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *