असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना संक्रमितहरूको मनोबल बढाउन सरकारले असोज १ गते राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागका उपचार सेवा महा शाखा प्रमुख डा. तारानाथ पोखरेलका अनुसार स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको हो।

विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले बताए। यसका साथै सोह समयमा को’रोना भाइरसबाट मृ,त्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। यस्तै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयले तयारी गरेको छ।

स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए। विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *