आइसोलेशनका संक्रमितको गुनासो : दुषित पानी कसरी पिउनु ?

रोल्पा,२९ भदौ । रोल्पा सदरमुकाम लिवाङमा रहेको आइसोलेशन केन्द्रमा बसेकाहरूले दुषित पानी पिउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्। होलेरीस्थित क्वारेन्टाइनमा बसेको संक्रमितहरुले आइशोलेशनमा शुद्द पिउने पानी नभएको गुनासो गरेका हुन् । कोरोना संक्रमण पुष्टि भएलगत्तै उपचारका लागि आइसोलेशन केन्द्र लिवाङ गएकाहरुले आइसुलेशनमा रहेका पानीको फिल्टर र थर्मस लगायतका भाडाहरुमा खिया लागेकाले पानी दुषित हुने गुनासो गरेका छन्।

पिउने पानी नै दुषित भएको छ, आइसोलेशनमा भएका भाडाहरुमा उमालेको पानी राख्दा फिज उठ्ने तथा रङ परिबर्तन हुने लगायतका समस्याहरु रहेको उपचाररत एक व्यक्तिले बताउनुभयो । यस बारेमा गुनासो गर्दा ब्यबस्थापनले कुनै वास्ता गरेनन्, उनले भने । यस बिषयमा सत्यतथ्य बुझेर आवश्यक सुधार गर्ने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकी डा.धनमाया घर्ती बताउनुभयो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *