इटलीको कोरोनाबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि विद्यालयहरु सञ्चालनमा

काठमाडौँ, ३० भदौ । इटलीको को’रोना भा’इरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबार देखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारी देखि विद्यालय प्रवेश गरेका हुन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेला देखि केही समय को’रोना भा’इरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिना सम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । यहाँका धेरै बाल बालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् ।

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताउनुभयो ।इटलीमा दुई महिनासम्म अतिकडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए। एजेन्सीको सहयोगमा

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *