सुदूरपश्चिममा २५ जना कोरोना संक्रमित थपिए

अमरगढी,भदौ ३० गते । डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मंगलबार गरीएको परीक्षण्मा १२ जनामा कोरोना पोजेटिभ देखिएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा ६८ नमुनाको परीक्षण गर्दा १२ जनाको पोजेटिभ र अन्य ५६ जनाको नेगेटिभ आएको प्रयोशालाले जनाएको छ ।

संक्रमित हुनेहरुमा बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. ७ का ६जना,डिलाशैनी गाउपालिका वडा नं. ७ का २जना, बझाङ जिल्ला दुर्गाथली गाउपालिका वडा नं. २ का १ जना र दार्चुला जिल्ला शैल्यशिखर नगरपालिकाका २ जना र महाकाली नगरपालिका वडा नं. ४ का १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलबार नै भएको परिक्षणमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । गोदावरी नगरपालिका कैलालीमा ९ जना,धनगढी उप महानगरपालिका वडा नं.५ का २ जना,वडा नं. ६ का १ जना, र वडा नं. ८ का १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशला र सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदुरपश्चिममा २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *