असन्तुलित थुतुनो धेरै नचलाउन सूर्य थापालाई अर्थमन्त्रीको चेतावनी

काठमाडौं । प्रदेश नम्बर एक सरकारका अर्थमन्त्री इन्द्र आङ्बो ‘मौसमले’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई मुख सम्हाल्न चेतावनी दिएका छन्। पार्टीको प्रचार विभाग उपप्रमुख रहेका थापाले विभागका प्रमुख सिनियर नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रदेश १ का अर्थमन्त्रीले थुतुलो सम्हाल्न चेतावनी दिएका हुन्।

थापाको बोलीले पार्टी र सरकारप्रति जनताको वितृष्णार बढाएको भन्दै कसैका लागि फाइदाजनक नभएको पनि उनको भनाई छ। नारायणकाजी श्रेष्ठले सोमवार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

यसमा सूर्य थापाले पार्टीले निर्णय नगरेर एकलौटी बोल्ने? कुलमान प्रतिस्पर्धाबाट आउनुपर्दैन भन्दै आफ्नै विभागका हाकिममाथि प्रश्न उठाएका थिए। जसको चौतर्फी विरोध भइरहेका बेला नेकपाका नेता एवं एक नम्बर प्रदेशका अर्थमन्त्रीले थुतुनो धेरै नचलाउन भनेका हुन्।

‘कमरेड, तपाईंले जुन गरिमामय संस्थाको रक्षार्थ भनेर बोलिरहनु भएको छ, धारणा राखिरहनु भएको छ नि, तपाईंको अभिव्यक्ति बहुसंख्यक नागरिकले कति पनि रुचाएका छैनन्, बरु झन अविश्वास आशंका र भ्रम सिर्जना भइरहेको छ। त्यस्तो असन्तुलित थुतुना धेरै नचलाउँदा नै सरकार पार्टी र देशको निम्ति हित होला।’

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *