सुदूरपश्चिम आज बुढी पोल्ने पर्व मनाइदै

अमरगढी,असोज १ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा बिहिबार बुढी पोल्ने पर्व मनाइँदै छ । राक्षस पुतनालाई भगवान श्री कृष्णले मोरको सम्झनामा हरेक वर्ष असोज १ गतेका दिन बुढी पोल्ने पर्व मनाईन्छ । भाद्र संक्रान्तीका दिन ठड्याईएको लिंगोलाई रुखका हाँगाहरु काटेर चारैतिरबाट छोपिने गर्दछ ।

द्धवापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवन श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लगाएको र भगवान श्री कृष्णले सो कुरा थाहापाएर उल्टै राक्षस पुतनाको रगत चुसी मारेको उत्सवमा यो पर्व मनाउने धार्मीक विश्वास रहेको राधाकृष्ण मन्दिर बागबजार क्षेत्र विकास समितिका अध्यक्ष पंडित देवराज भट्टले बताउनुभयो ।

आजका दिन गाईवस्तुको गोबर थुपारेर राख्ने ठाउमा काँस,अम्रिसो लगायत पाँच जातका घाँस राख्ने चलन रहेको छ । बुढी पोल्न जादाँ प्रत्येक बृक्षमा राम्रो फल लागोस भनि बाबियो,कांस लगायत का बृक्षहरुको डोरी बनाएर लगाइएका बोट विरुवा तथा घरको छतमाथी राख्ने गर्दछन् । साझ पख बुढी पोलन जादाँ सल्लाको दियालो बनाएर स्थानीय डेउडा गित गाउदै जाने र बुढी पोलिसकेपछि आ-आफ्नो घरबाट लगेको मिठामिठा परिकार लगायत फलफुलहरु एक आपसमा बाडेर खाने चलन गरकोे छ ।

कोरोनाका कारण यस वर्ष विभिन्न सांस्कृति कार्यक्रमहरु नगरी परम्परा जोगाउने हिसाबले मात्रै बुढी पोल्ने कार्यक्रम रहेको अमरगढी नगरपालिका वडा नं. १० वडा अध्यक्ष विष्णुराज भट्टले बताउनुभयो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *