राष्ट्रिय सभामामा प्रवेश गर्दै बामदेवले भने ‘समाजवाद भन्दा अर्को स्वार्थ बोकेको छैन ’

काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो ।राष्ट्रियसभा सदस्य बामदेव गौतमले सपथपछि राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने दृढता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्नेछु, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

राष्ट्रियसभा सदस्य गौतमले फेरि थप्नुभयो, समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ छैन । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *