हुम्लाको नाम्खामा चीनका भवन, नेपालीलाई प्र’वेश रो’क

सिमकोट : चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चि’नियाँ सु’रक्षाकर्मीले नेपालीलाई प्र’वेश गर्न दिएका छैनन्। तर, चि’नियाँ सु’रक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओ’होरदोहोर गरेको अध्यक्ष लामाले बताए। भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए। पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चि’नियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ।

उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सी’मास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए। त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सु’रक्षा नि’कायको टो’ली लाप्चा पुगेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टो’ली भवन निर्माण गरिएको स्थानमा गएको हो। अन्नपूर्ण पोस्ट्

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *