मन्त्री पदभार सम्हालेको साढे २ घण्टामै राजीनामा !

एजेन्सी । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् । उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए। मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरे लगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ।

मेवालाल लाई सन् २०१० मा बिहार कृषि विश्व विद्यालयको कूल पति हुँदा आर्थिक घोटाला लगायतका अन्य आ’रोप लागेको थियो । बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठ बन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए । एनडीएले यो निर्वाचनमा अ,पराध, भ्र’ष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो । विरो’धपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *