पोखरामा २ किलोमिटर माथिबाटै खस्यो प्याराग्लाइडिङ

काठमाडौं, ८ मंसिर । पोखरामा सोमबार दिउसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा प्याराग्लाइडिङका चालक ३८ वर्षीय राजु गैरे नेपाली रहेका छन् ।

त्यस्तै गम्भीर घाइते हुनेमा यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ की २८ वर्षीया शीला श्रेष्ठ रहेकी छन् । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका चालक नेपालीको उपचारको क्रममा मेट्रो सिटी अस्पतालमा मृत्यु भएको प्रहरीकोि भनाइ छ । प्यारग्लाइििडङ करिब २ किलोमिटरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु क्याम चोक भन्ने ठाउँमा एक्कासी खसेका थिए । घटनाको सम्बन्धमा अनूशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *